काठमाडौं– पछिल्लो चौबिस घण्टामा १ सय ७५ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् । योसँग नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ ।
आज ७ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । पछिल्लो चौबिस घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।
