काठमाडौं– डोल्पा ठूलीभेरीमा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । च्याउ खाँदा स्थानिय ३३ वर्षीय उत्तमबहादुर शाही, ३१ वर्षीय सूयैबहादुर शाही, ३३ वर्षीय कमलबहादुर शाही र ४४ वर्षीय सत्यबहादुर शाही बिरामी परेका हुन् ।
आइतबार रातीनै च्याउ खाएर बिरामी परेका उनीहरु मध्ये ३ जनालाई हेलिकप्टर मार्फत अस्पताल पाठाइएको छ । एक जनालाई भने भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको छ ।