काठमाडौं– आज सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेर १४ सय ३१ मा पुगेको छ । आज कारोबार रकमसमेत बढेर २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, खानीखोला हाइड्र पावर, रुरल माइक्रा फाइनान्स, घलेम्दी हाइड्रोलगायत कम्पनीका सेयर धनीले पाँच प्रतिशतले भन्दा बढी कमाएका छन् । त्यस्तै, छ्याङ्दी हाइड्रोपावर, श्री इन्भेस्टमेन्ट फाइनान्सलगायत कम्पनीका सेयर धनीले गुमाएका छन् ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । साताको पहिलो दिन (आइतबार) देखि नै सेयर बजारले उकालो यात्रा सुरु गरेको थियो ।
