काठमाडौं– प्रहरीलाई कुटपिट तथा दुर्व्यवहार गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु काठमाडौं र सोलुखुम्बुबाट पक्राउ परेका हुन् । काठमाडौंमा ४ जना र सोलुखुम्बुमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोकर्णेश्वरबाट पक्राउ परेका युवाहरुले प्रहरीमाथि हातपात तथा ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको । बानेश्वरमा बस्ने १९ वर्षीय रमेशकुमार विक लगायत ४ जनाको टोलीलाई गोकर्णेश्वरस्थित नारायणटारको पुलबाट पक्राउ गरिएको हो ।
उनीहरुले चेकजाँचको क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । पक्राउ परेका चारै जनालाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान भैरहेको छ ।
यस्तै, सोलुखुम्बुमा पनि प्रहरीमाथि हातपात गर्ने ६ जना पक्राउ परेका छन् ।