काठमाडौं– ५४औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा खुला निबन्ध प्रतियोगिता हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजनामा ‘सुविधा वञ्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार’ शीर्षकमा निबन्ध प्रतियोगिता हुने भएको हो ।
निबन्ध १५ सयदेखि २ हजार शब्दसम्ममा लेख्नुपर्नेछ । भदौ १५ गतेभित्रमा नेपाली भाषामा प्रीति फन्टमा कम्प्युटर टाइप गरी इमेलमार्फत निबन्ध पठाउनुपर्नेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार ७ हजार रहेको छ ।
