काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सले ल्याएको ६३ लाख कित्ता आइपिओका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
रिलायन्सकाे आइपिओमध्ये ३ लाख १५ हजार कर्मचारी र ३ लाख १५ हजार सामूहिक लगानीकोषलाई छुट्याइएको छ । सर्वसाधारणले ५६ लाख ७० हजार कित्ताका लागि मात्र आवेदन दिन पाउनेछन् ।
इक्रा नेपालले यसको आइपिओलाई बिबी प्लस रेटिङ दिएको छ, जसको अर्थ आधारभूत अवस्था औसत रहेको बुझाउँछ । लगानीकर्ताले सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो सेयरमार्फत आइपिओमा आवदेन दिन सक्नेछन् ।