काठमाडौं - विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
आइतबार राति पनि ६५ वर्षीय पुरूषको भाइरसबाट मृत्यु भएपछि मृतकको संख्यामा वृद्धि भएको हो ।
उनको कोरोना परिक्षणको रिर्पोट आएकै दिन निधन भएको विराटनगर महानगरपालिकाले बताएको छ ।
उनको बिहीबार स्वाब संकलन गरिएको थियो ।