काठमाडौं - बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आउँदो आइतबारदेखि आफ्ना बच्चाहरूलाई स्कुल पठाउन अभिभावक समक्ष अपील गरेका छन् ।
बच्चाहरू स्कुलबाट धेरै दिन टाढा बस्नु भाइरस भन्दा पनि बढी हानिकारक हुने बताउँदै जोनसनले सो कुरा बताएका हुन् ।
उनले बच्चाहरुलाई अब आफ्ना कक्षाकोठामा फर्कन जरुरी रहेको र साथीहरूसँग धुलमिल हुन आवश्यक भएको बताए ।
जोनसनले सेप्टेम्बर महिनाको पहिलो हप्तादेखि स्कुल खोल्ने तयारीमा रहेका विद्यालय र स्टाफलाई पनि धन्यवाद दिएका छन् ।
हालसम्म विश्वमा कोरोनाभाइरसबाट २ करोड ३५ लाख ८२ हजार मानिस संक्रमित भएका छन् भने १ करोड ६० लाख ८० हजार मानिस निको भएका छन् ।