काठमाडौं - चितवन जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार राति आएको कोरोनाको परीक्षण रिर्पोटमा ७ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
कोरोना संक्रमितहरु सबै भरतपुर महानगरपालिका हुन् ।
जम्मा २ सय ९ नमुना परीक्षण गरिएको मध्ये १२ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।