काठमाडौं - आज देशभरको मौसममा सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रमा सामान्य प्रभाव भएको तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्फ युक्त हावाको प्रभावले यस्तो हुने महाशाखो बताएको छ ।
आज राति पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।