काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना सङ्क्रमितहरुको उपचारमा लागि प्लाज्मा थेरापीमार्फत उपचार गर्न अनुमति दिएका छन् ।
कोरोनाको बिरामीहरुलाई निको पार्न यो थेरापी उपयोगी हुने बताउँदै भने यसै विधिबाट उपचार गर्न चिकित्सकहरुलाई अनुमति दिएका हुन् ।
पछिल्लोे समय धेरै देशहरुले प्लाज्मा थेरापीबाट उपचार गर्न सुरु गरेको र यसको राम्रो प्रभाव परेपछि ट्रम्पले पनि यसै विधिलाई पछ्याएको विभिन्न सञ्चार माध्यमहरुले बताएका छन् ।
अमेरिकामा अहिलेसम्म ५८ लाख ७४ हजारभन्दा धेरै मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने १ लाख ८० हजारभन्दा धेरैको निधन भैसकेको छ ।