काठमाडौं - कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि बैतडीमा आजदेखि एक साता निषेधाज्ञा गरिएको छ ।
सोमबार राति १२ः०० बजेदेखि यही भदौ १४ गते राती १२ः०० बजेसम्म लागु हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
प्रशासनले जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने तथा अत्यावश्यक कामबाहेक हिँडडुल गर्न पनि रोक लगाएको छ ।
अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने चल्नेछन् ।