काठमाडौं– विभिन्न जिल्लामा कोभिड १९ को संक्रमण रोक्न खटिरहेका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहारका घटनाहरु आएपछि गृह मन्त्रालयले त्यस्ता व्यवहार गर्नेलाई कारवाही गर्ने भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयहरु र सुरक्षा निकायलाई निर्देशन दिँदै गृहले तत्काल त्यस्ता व्यक्ति वा समूहलाई कारवाहीको दायमा ल्याउन भनेको छ ।
यो समय स्वास्थ्यकर्मीले आफ्नो व्यक्तिगत स्वास्थ्यको जोखिम मोलेर सार्वजनिक सेवामा लागिरहेको बेला यस्तो घटनाहरु आउनु दुःखद भएको समेत उल्लेख गरेको छ ।
७७ वटै जिल्लालाई निर्देशन दिदैं गृहले जनताको स्वास्थ्यका लागि ज्यान जोखिममा राखेर काम गर्नेलाई दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार त्यस्ता कार्य हुन र गर्न नदिन तथा संलग्न हुने उपर तत्काल कानून बमोजिम कारवाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गरिएको छ ।