काठमाडौं– पछिल्लो २४ घण्टामा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले देशभर १३ हजार १ सय ५५ जनामा संक्रिय खालको संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा ३१ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका ३९ प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा ८ हजार २६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १२६ र ललितपुर १२ तथा भक्तपुरमा २८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । आज झापा, पर्सा र सर्लाहीमा एक एक जनाको मृत्यु भएको हो । यो सहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।
हाल देशभरका संस्थागत आइसोलेसनमा ९ हजार २१२ जना तथा होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन् । ११ हजार ४१४ जना क्वारेन्टिनमा रहेका छन् ।
१० जना भेन्टिलेटरमा रहेका छन् । उनीहरु सबै बागमती प्रदेशका हुन् ।