काठमाडौं– सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ आइसोलेसनमा बसेका छन् । मुख्यमन्त्री भट्टका सवारी चालकमा कोरोना सङ्क्रमण देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ आइसोलेसनमा बसेका हुन् । उनका चालकमा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
२३ वर्षीय सवारी चालकले मुख्यमन्त्रीको गाडी चलाउँदै आएका थिए । उनी मुख्यमन्त्रीसहित परिवारका सदस्य लिएर केही दिनअघि डोटी पुगेर फर्किएका थिए ।
मुख्यमन्त्रीका स्वकीय सचीव शिवसिंह ओलीका अनुसार मुख्यमन्त्रीसहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी भैरहेको छ ।