काठमाडौं– १ लाख ७९ हजार नगद सहित ११ जवाडे पक्राउ परेका छन् । ललितपुरको इमाडोलस्थित राजेन्द्र महर्जनको टहरामा तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगदका साथै तास पनि बरामत गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।