काठमाडौं– चितवनमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा आजै गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ ।
२५ वर्षदेखि ४५ वर्ष उमेर समुहका मानिसमा कोरोना देखिएको अस्पतालले जनाएको छ । सर्लाही र तनहुँकका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार भरतपुर अस्पताल कोरोना प्ररीक्षण प्रयोगशालामा १ सय २ जनाको स्वाब परीक्षण गरिएको थियो ।