काठमाडौं– रौतहटस्थित धर्मपुरमा रहेको बाग्मती नदीमा नुहाउन गएका ३ बालिका खोलामा डुबेर बेपत्ता भएका छन् ।
गढिमाई नगरपालिका– ७ का १० वर्षीया पिंकुकुमारी मुखिया, १२ वर्षीया सुजता कुमारी दास र १० वर्षीया चञ्चलाकुमारी मुखियामा खोलामा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।
सँगै नुहाउन गएकी अर्चना कुमारी मुखियाले आफ्ना साथीहरु डुब्दै गरेको देखेपछि स्थानियलाई खबर गरेकी थिईन् । खोलामा डुबेर बेपत्ता भएका बालिकाको स्थानिय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर खोजि गरिरहेका छन् ।