काठमाडौं– सर्लाही लालबन्दी नगरपालीका पुनर्वासका राजवीर पासवानलाई प्रहरीले पक्राउ गरेको छ । पासवानलाई आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
३२ वर्षीय पासवानले मादक पदार्थ सेवनी गरी आमा उर्मिला पासवानको हत्या गरेको बताइएको छ । उनका बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई पनि ढुङ्गा प्रहार गरि घाइते बनाएका छन् ।
टाउकोमा चोट लागेका उपेन्द्रको स्थानिय मनीषा हेल्थ केयरमा उपचार भैरहेको छ । पासवानले आफ्ना बुवालाई प्रहार गरेको ढुङ्गा आमालाई लागेको थियो । उर्मिलाको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।