काठमाडौं– हरितालिका तीजको पञ्चमी नुहाउन गएकी कास्कीकी एक युवतीको खोलाले बगाएर मृत्यु भएको छ । कास्की माछापुछ्रे गाउँपालिका–९ को कस्युङ खोलामा पञ्चमी नुहाउन गएकी २४ वर्षीया दीपा गौतमको खोलाले बगाएर मृत्यु भएको हो ।
खोलाले बगाएको चार घण्टापछि उनलाई मृतावस्थामा फेला पारेको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । कालीमाटी र नागीका बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ ।