काठमाडौं– आज कलाकार दीपाश्री निरौलाको जन्मदिन । सबैभन्दा पहिले कलाकार निरौंलालाई अझैं फराकिलो र सुन्दर कलायात्राको शुभकामना ।
अब लागौं जन्मदिनमा दीपाको आत्मसमिक्षा तर्फः
जन्मदिनको दिन विहानै फेसबुक लाइभमा आएर दीपाश्रीले हात जोडेर माफी मागेकी छिन् । आफूले कलाकारितामा निक्कै मेहनत गरेको र सफल पनि भएको उल्लेख गरेकी छिन् । तर, आफू व्यवहारिक रुपमा केही कच्चा रहेको अनूभुत गरेको बताएकी छिन् ।
उनले फेसबुक लाइभमा आफ्ना ३ कमजोरी समेत बताएकी छिन् । भनेकी छिन्, ‘पहिलो गल्ती त म विनातयारी अन्तर्वार्तामा जानु थियो । अर्को गल्ती मलाई यस्ता प्रश्न सोधिए कि, मैले आफ्नो आवेगलाई रोक्न सकिनँ । र तेस्रो गल्ती म आफै कलाकार भएर अर्को सिनियर कलाकारका बारेमा टिप्पणी गर्न पुगेँ ।’
दीपाले आफ्नो भाग्यमा सफलतासँगै गाली पनि जोडिएर आएको उल्लेख गरेकी छिन् । भनेकी छिन्, ‘हुन त, महानायक विवाद अगाडि पनि हाम्रो चलचित्रको ट्रेलर, गीत रिलिज हुँदा पनि गाली खाएकै हुँ । धेरै कुरा सहेर अगाडि बढेका थियौं ।’
उनले अब यस्तो गल्ती नदोहोर्याउने र आफ्नो व्यक्तित्व विकासमा समय खर्चिने बताएकी छिन् । खराब समयमा पनि सबैको मायाले आफूलाई उठ्न प्रेरित गरेको बताएकी छिन् ।
दीपाश्रीले माफी मागेको भिडियो