काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाको थप नयाँ नियम सावर्जनिक गरेको छ ।
डब्ल्युएचओ १२ वर्षमुनिका बालबालिकाबाट पनि कोरोना भाइरस फैलन सक्ने जोखिम भएकाले उनीहरुलाई पनि मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुपर्ने बताएको हो ।
डब्ल्युएचओ यसअघि यी उमेर समूहकालाई मास्क लगाउन भनेको थिएन । अहिले भने ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई अनिवार्य मास्क लगाउन भनेको छ ।
पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई भने मास्क लगाउन पर्ने छैन । विश्वभर कोरोनाबाट २ करोड ३३ लाख ८० हजारभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् भने ८ लाख ९ हजार मानिसको निधन भैसकेको छ ।