काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी छेउको घोलको दलदलमा फसेर एउटा गैंडा मरेको छ ।
राप्तीको जोतुवा घाट नजिकै राप्तीदुन सामुदायीक वनको घोलको दलदलमा फसेर आज एउटा गैंडा मृत अवस्थामा फेला परेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालका अनुसार अन्दाजी ७ वर्षको पोथी गैंडा मृत अबस्थामा फेला परेको हो । चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेको यो दोस्रो गैंडा हो ।
यसअघि राप्ती नदीमा नै एउटा गैंडा मृत अबस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा २६ गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ ।
त्यस्तै पश्चिम चितवनमा ईनारमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका - २७ का ८७ वर्षीय डिल्लीराम आचार्य रहेको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ ।
कार्यालयका अनुसार आचार्य घर छेउमा रहेको ईनारमा आज दिउँसो २ः३० वजे डुवेको अवस्थामा भेटिएको थियो । रासस