काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
जसमा सुनसरीका २ जना,पर्सामा तीन जना, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा एक एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जँहा २ सय १६ जना उपत्यकाका रहेका छन् ।