काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका अंगरक्षकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये दुई जना नेपाल प्रहरी र ७ जना सशस्त्र प्रहरी रहेका छन् । नेपालको सपरिवारको सुरक्षामा खटिएका सुरक्षा निकायको स्वाब बिहीबार संकलन गरेर परीक्षण गर्दा नौ जना अंगरक्षकलाई कोरोना पुष्टि भएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।
शुक्रबार आएको रिपोर्टले ९ जनामा कोरोना भाइरस देखिएको छ । उनीहरूलाई कोरोना पोजिटिभ देखिएलगत्तै आइसोलेसनमा राखिएको छ ।