एजेन्सी - विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको महामारी सकिन २ वर्ष लाग्ने बताएको छ ।
जेनेभामा भएको एक कार्यक्रममा बोल्दै संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रियासिसले सो कुरा बताएका हुन् ।
हालसम्म कुनै पनि खोप नबनेका कारण टेड्रोसको यो भनाईलाई विश्वभर महत्त्वपूर्णका साथ लिइएको छ । यस डब्ल्यूएचओले यो महामारीको अन्त्य बारे कुनै मिति तोकेको थिएन ।
टेड्रोसले सन् १९१८ को स्पेनीश फ्लुभन्दा कम समयसम्म कोरोना भाइरस रहने बताएका थिए । स्पेनीश फ्लु पुरा रुपममा निर्मूल हुन दुई वर्ष लागेको थियो ।
उनले आजको स्थितिमा अधिक टेक्नोलोजी र कनेक्टिभिटीका कारण भाइरस फैलिन प्रशस्त मौका भएको बताएका थिए ।
उनले विश्वभरका देशहरूमा एकता हुनुपर्ने र खोप बनेपछि विश्वव्यापी बनाउनु पर्नेमा जोड दिए ।