काठमाडौ - देशभर आज मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबार राति भने देशका विभिन्न भु–भागमा सामान्यतया बदली रही मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको वर्षा र चट्याङ्को सम्भावना रहेको हो ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।