काठमाडौं - कोरोनाभाइरसको सङ्क्रमण शुक्रबार पाँच महिनाको उच्च स्तरमा पुगेपछि देशभरका ८ सय ४९ विद्यालयहरू बन्द भएका छन् ।
महामारीका कारण पहिले ८ सय ३८ विद्यालय बन्द भएका भएपछि कोरोनाभाइरस नियन्त्रणतर्फ गएको भनी लगभग सबै विद्यालयमा पुनः पठनपाठन गत मे २० देखि सञ्चालन गरिएको दक्षिण कोरियाको शिक्षा मन्त्रालयले ताएको छ ।
पछिल्ला केही हप्ता यता सङ्क्रमण दर बढेसँगै विद्यालयहरूमा विद्यार्थी आउन कम भएको थियो । यसै परिवेशलाई ध्यानमा राख्दै ती विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द भएका हुन् ।
सारङजेल चर्च रहेको सियोलको उत्तरी क्षेत्र सिअनबुकमा मात्र करिब ८० विद्यालय बन्द भएका छन् । त्यस्तै गाङबुकमा ४० विद्यालयहरू बन्द भएका छन् ।
उक्त चर्च वरपरका क्षेत्रमा शुक्रबारसम्म सङ्क्रमित हुनेको सङ्ख्या ७ सय ३२ पुगेको र सावधानीका लागि विद्यालयहरू बन्द गरिएको बताइएको छ ।
गेओङजी प्रान्तको योङ्जिन र पाजु तथा बन्दरगाह शहर बुसनमा पनि सङ्क्रमण नियन्त्रणका उपायस्वरूप विद्यालयहरू बन्द भएका छन् ।
सियोलमा २४ घण्टाको अन्तरालमा बुधबार सात विद्यार्थी तथा तीन शिक्षक गरी १० व्यक्ति सङ्क्रमित बनेपछि सङ्क्रमण फैलिएका शहर तथा गाउमासमेत विद्यालयहरू बन्द हुन थालेका हुन् ।
दक्षिण कोरियामा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १६ हजार ६ सय ७० रहेको छ भने ३ सय ९ सङ्क्रमितको मृत्यु भएको छ । रासस