नयाँदिल्ली– भारतमा ७४ प्रतिशतभन्दा बढी कोरोनाणमुक्त भएको पाइएको छ । अहिलेसम्म कुल २९ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तीमध्ये झन्डै ६७ हजार जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।
कुल संक्रमितमध्ये २१ लाख ५८ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार कुल संक्रमणमुक्त भएकाहरुको अनुपात ७४ प्रतिशत रहेको छ ।
भारतमा ५४ हजार ८७९ जनाको मृत्यु भएको छ । तीमध्ये ९८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।