जनकपुर– प्रदेश २ मा हालसम्म कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।
प्रदेशको पर्सा जिल्लामा २५ जनाको ज्यान गइसेकेको छ भने धनुषामा नौ जनाको मृत्यु भएको छ । त्यस्तै, बारामा छ, सप्तरीमा चार, रौतहटबाट तीन, महोत्तरी र सिरहाबाट दुई–दुई र सर्लाहीमा एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।