काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको दिन सुन मूल्य अघिल्लै दिनको कायम भएको छ ।
हिजो ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोही कायम भएको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
चाँदी भने अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बृद्धि भएको छ । आज प्रतितोला चाँदीको मूल्य १३ सय ७० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य यथावत रहेपनि कोरोना कहरका कारण जारी निषेधाज्ञाका कारण कारोबार ठप्प छ ।