काठमाडौं - प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीय उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।
गत साउन २६ गते भारतबाट आएर क्वारेन्टिनमा बस्नुभएका उहाँको कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
सास फेर्न गाह्रो भएको र ज्वरो आएकाले उपचारका लागि यही भदौ १ गते उहाँलाई बुटवल पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए । उनी मधुमेह र रक्तचापका बिरामी थिए ।