प्रिय ...
तिमी प्रतिको ‘मेरो प्रेमभाव’ लाई ‘म’ एक्लै शताब्दीऔ देखि पूजा, ब्रत, तपस्या .... गर्दै ‘प्रमाणित’ गर्दैआएकी छुँ ..!
मैले गरेको यो सब ‘सहि’हो भने बरू आउन .. तिमी पनि म सँगै मेरै शैलीमा मेरा लागि प्रेम अभिव्यक्त गर .. अनि ‘आवश्यक छैन’ भने मलाई पनि ‘यो सब’ गर्नबाट रोक !
‘तिम्रो’ लागी रे अनि ‘तिमी’ भन्दा फरक, अलग र ‘मैले मात्रै’ केहि गर्नुको के अर्थ ? अनि ‘तिमी’ले पनि ‘यो वा त्यो नाउँमा’, मलाई ‘देखिने खुशी’ दिन एक्लै त्यति धेरै ‘परिश्रमको मोति’ किन बगाउनु पर्ने ! के हामी साथ हुनुको ‘धर्म’ यो सब ‘लिनु र दिनु’मा अडिएको छ र ?
बरू आउन, हामी सँगै हातमा हात राखि, हामी बिचको बिश्वासलाई ईश्वर मानी प्रेमको फूल चढ़ाई, एक–अर्कामा उत्सब मनाऔं !
कसैको पनि लामो आयुको प्राप्ती त मिठो साथ, परस्पर प्रेम, सद्घभावना, समझदारी, बिश्बास र समभाव सहितको समर्पणमा मात्रै हुन्छ । ‘संस्कृतिको यो नयाँ परिभाषा’ पनि त अब ‘हामी’ले नै कोर्नु छ ।
‘निर्देशित’ ‘तिम्रो’ र ‘मेरो’ यो ‘एक्ला–एक्लैको यात्रा’ धेरै लामो भयो । ‘हामी’ दुबै थाकिसक्यौं । आउ, अब हाम्रो यो ‘प्रेम–यात्रा’ उस्तै गरी संगसँगै तय गरौं ( तिम्रो लागी म र मेरा लागी तिमी भएर) ।
तिम्रो ‘यो’साथको साँच्चै रहर लागेको छ । मेरा मनका यी भाव बुझ्छौ नी ?
तीजको शुभकामना ! !
(नेपाली पब्लिकको नियमित स्तम्भ सञ्जाल भित्तोका लागि आरती चटौतको फेसबुक वालबाट)