काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि जारी गरेका सुरक्षा मापदण्ड परिपालना गरेर घरमै बसी यस वर्षको तीज मनाउन आग्रह गरेका छन् ।
हिन्दू नारीको महान पर्व हरितालिकाका अवसरमा शुभकामना सन्देश जारी गरी उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति एवम समृद्धिको शुभकामना व्यक्त गर्दै समतामूलक समाज निर्माण गर्दै सबै वर्ग, लिङ्ग, भाषा, धर्म र संस्कृतिका जनताको एकीकृत प्रयासबाट ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रदेश सरकार अथक प्रयासरत रहेको बताए । रासस