काठमाडौं– कोरोना संक्रमणका कारण आज नेपालमा ६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ सय २६ पुगेको छ ।
त्यस्तै, ७ सय ७ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा २ सय ६४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ रहेको छ ।
कोरोना संक्रमण दर बढेको भन्दै देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको छ ।