काठमाडौं– दुई थान पेस्तोलसहित काठमाडौं माछापोखरीबाट एक जना पक्राउ परेका छन् । प्रहरी उपरीक्षक होविन्द्र बोगटीको टोलीले नुवाकोट शिखरबेसी–६ का २७ वर्षीय विकेस पण्डितलाई माछापोखरीबाट ३ भदौमा पक्राउ गरेको हो ।
हातहतियार ओसारपसार कारोबार हुँदै गरेको सूचना पाउनासाथ प्रहरी सो स्थानमा पुगी पण्डितलाई पक्राउ गरेको हो । पण्डितको साथबाट मेड इन युएसए लेखेको पेस्तोल २, म्यागजिन २ र सो पेस्तोलमा प्रयोग हुने गोली १० राउन्ड बराबद गरिएको छ ।
पण्डितले दिएको सूचनाका आधारमा नुवाकोट लिपु गाउँपालिका– १ बस्ने वर्ष २८ वर्षीय अमर तामाङलाई उनकै घरबाट पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा तामाङ घले डाँका मुद्दामा ६ वर्ष २ महिना कैद सजाय भुक्तान गरी मिति २०७६ फागुन १२ गते थुना मुक्त भएका व्यक्ति हुन् ।