काठमाडौं– काठमाडौं उपत्यकामा बैंक र बैंकका शाखा आज बन्द गर्ने निर्णय गरिएको छ । प्रहरीले बैंकका कर्मचारीलाई बीच बाटैमा रोकेकाले बैंकहरु बन्द गर्ने निर्णय गरिएको हो । नेपाल बैंकर्स संघले उपत्यकाका सबै बैंक र बैंका शाखा आज बन्द गर्ने जनाएको हो ।
बैंकहरुले केही शाखा सीमित कर्मचारीबाट सञ्चालन गर्ने गरी सूचना सार्वजनिक गरेका थिए । राष्ट्र बैंकले पनि सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा पालना गर्न निर्देशन दिएको थियो । निर्देशनमा सकेसम्म अनलाइन कारोबार गर्न भनिएको थियो ।