काठमाडौं– पछिल्लो २४ घण्टामा विश्वका २ लाख ५८ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो २४ घण्टामा सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा थपिएका छन् । भारतमा हिजो ६९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अमेरिकामा ४२ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो । ब्राजिलमा४८ हजार तथा रुसमा ४ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म विश्भर २ करोड २५ लाख ५६ हजार १२ जना मानिसमा कारोना संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरनोना संक्रमणका कारण विश्वका ६ हजार ४३६ जना मानिसको मृत्यु भएको छ । अहिलेसम्म विश्वका ७ लाख ८९ हजार ९५५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
विश्वका १ करोड ५२ लाख ८८ हजार ७७८ जना मानिस उपचारपछि कोरोना निको भएर घर फर्किएका छन् ।