काठमाडौं – काठमाडौं उपत्यकाका तिन जिल्लामा बुधबार राती १२ बजेपछी निशेधाज्ञा लागु हुँदैछ । उपत्यकामा कोरोना संक्रमितहरुको संख्या तिव्र रुपमा बढेपछि काठमाडौं भक्तपुर र ललितपुरमा निशेधाज्ञा जारी भएपछि सुचना तथा प्रशारण विभागले पत्रकारहरुको लागि सुचना जारी गरेको छ ।
सुचनाअनुसार यसअघि लकडाउनको अवधिमा विभागले जारी गरेको पास प्रयोग गरेर नै पत्रकारहरुले सवारी साधन चलाउन पाउनेछन् । यसरी सवारी प्रयोग गर्दा पत्रकारले आफ्नो तस्विरसहितको परिचयपत्र समेत बोक्न विभागले आग्रह गरेको छ ।
त्यसैगरी वर्तमान परिस्थितीको ख्याल गर्दै अत्यावश्यक अवस्थामा मात्र सवारी प्रयोग गर्न विभागले आग्रह गरेको छ ।