काठमाडौं– कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउने विषयका बारेमा छलफल हुँदै छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन सीसीएमसीको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा जारी ।’