काठमाडौं – साताको पहिलोदिन आइतबारबाटै ओरालो लागेको सुनको मुल्य घट्ने क्रम जारी छ ।
मंगलबार आज एकै दिन छापावाला सुनको मूल्यमा ६ हजार २ सय रुपैयाँले गिरावट आउको छ । हिजो प्रतितोला १ लाख १ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज ९५ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा चाँदीको मूल्य पनि २ सय २५ रुपैयाँले घटेको छ । हिजो १४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय १० रुपैयाँमा किनबेच भैरहेको छ ।
अन्तराष्ट्रिय बजारमा भने प्रतिऔंस सुनको मूल्य १८ सय ७६ अमेरिकी डलर कायम भएको छ । सुनको मूल्य अन्तराष्ट्रिय बजारमै घटबढ भैरहेको छ । त्यसैको असर नेपालमा देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।