काठमाडौं– धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अंकले बढेर १ हजार ४३०.४१ पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ७.६३ अंकले बढेर २९८.६४ पुगेको छ ।
स्टकका अनुसार आज कुल १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ मा खरिदबिक्री भयो । आज कारोबार भएका कुल १२ मध्ये एक उपसमूहको सेयर मात्र ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ अंकले ओरालो लाग्दा बैंकिङ ३२.९३, व्यापार १०.१४, होटल ५८.१, विकास बैंक ५५.४१, जलविद्युत् २३.२३, वित्त ७.६७, निर्जीबन बिमा २८३.०८, उत्पादन ५४.८६, अन्य १२.६३, लघुवित्त ७१.५७ र जीवन बिमा २२३.१५ अंकलले उकालो लागे ।
- कारोबार रकमका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर ७ करोड १६ लाख ३९ हजार ८८ मा खरिदबिक्री भयो ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर ७ करोड १६ लाख ३९ हजार ८८ मा खरिदबिक्री भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ८१ लाख ५० हजार २८३, एनआइसी एसिया बैंकको ५ करोड ३८ लाख १६ हजार ६६३, अजोड इन्स्योरेन्सको ४ करोड ८४ लाख २२ हजार ४४५ र एनएमबी बैंकको सेयर ३ करोड ३९ लाख ७८ हजार ९६ मा कारोबार भई शीर्ष स्थानमा रहे ।
आज साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.८६ प्रतिशतले कमाए । यस्तै, अजोड इन्स्योरेन्स कम्पनी ९.८५, घोडीघोडा लघुवित्त वित्तीय संस्था ८.७०, एभरेस्ट इन्स्योरेन्स ८.५८ र सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले ८.३९ प्रतिशतले कमाए ।
दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.७० प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीय वित्तीय संस्था ४.७६, वेस्ट फाइनान्स कम्पनी ३.९२, खानीखोला हाइड्रोपावर ३.९२ र घलेम्दी हाइड्रोपावरका सेयरधनीले ३.४५ प्रतिशतले गुमाए ।
