काठमाडौं– साताको पहिलो दिनबाट ओरालो लागेको सुनको मूल्यमा आज पनि थोरै गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
सोमबार (आज) छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय कायम भएको छ । हिजो १ लाख २ हजार ६ सय रुपैयाँ प्रतितोला सुनको मूल्य कायम भएको थियो ।
नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले ससीतएको छ आज तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि थोरै गिरावट आएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले सस्तिएको हो । आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।