काठमाडौं– बुधबार नेपाली बजारमा सूनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ कायम भयो । आज यो मूल्य बढेर १ लाख दुई हजार ५ सय रुपैयाँ पुगेको छ ।
बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ५०० कायम हुँदा तेजाबी सुनको मूल्य एक लाख दुई हजार २०० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य ५० ले बढेको छ । एक तोला सेतो धातुको मूल्य आज १ हजार ३४५ निर्धारण भएको छ ।
कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।