काठमाडौं– एक तोला सुनको मूल्य १ लाखबाट उकालो लागेको छ । बुधबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको छापावाला सुनको मूल्य १६ सयले बढेर १ लाख १ हजार ४ सय कायम भएको हो ।
तेजाबी सुन भने आज १ लाख ९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार ९९ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएको छ ।