काठमाडौं– नेपाली बजारममा सुनको मूल्य निरन्तरलाग्ने क्रम जारी छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको छ ।
सोमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य भने ९७ हजार ७६० रुपैयाँ कायम गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले चाँदीको मूल्य पनि निरन्तर बृद्धि भैरहेको जनाएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।