काठमाडौं– नेप्से परिसूचक आज १७.५० अंकले घटेर १ हजार ४३२.४४ मा अडिएको छ ।
१ सय ८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता सेयर कारोबार भएको छ । आज होटल र सामूहिक लगानी कोषकाे सेयर बढेको छ ।
निर्जीवन बिमा ५.५४, विकास बैंक ३.८३, बैंकिङ २१.५१, व्यापार ७.९४, जलविद्युत् १३.०३, वित्त ७.१६, उत्पादन २०.९५, अन्य १४.३४, लघुवित्त १५.१ र जीवन बिमा ७१.६ अंकले घटेका छन् ।
मौद्रिक नीतिमा लगानीकर्ताको माग सम्बोधन भएपछि सेयर बढेको थियो । यसपछि नाफा बुक गर्ने लगानीकर्ता हावी भएकाले नेप्से करेक्सन भएको बताइएको छ ।