काठमाडौं– नेपाल राष्ट्र बैंकले साउन ७ गतेबाट चलनचल्तीमा ल्याएको हजार रुपैयाँको नयाँ नोटमा राम र लक्ष्मणकाे चित्र राखेको छ । बैंकले राम र लक्ष्मणका रुपमा चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र राखेर हजारको नयाँ नोट प्रचलनमा ल्याएको हो ।
बैंकको सूचनामा लेखिएको छ, ‘ रुपैयाँ १००० दरको साविककै आकार तथा रंगमा तर साविकको एकवटा हात्तीको चित्रको सट्टामा राम र लक्ष्मण भनी चिनिने दुर्लभ जुम्ल्याहा दुईवटा हात्तीहरुको चित्र रहेको, संकेत नं. ज/६८ ०००००१ देखि ट/१०० ९९९९९९ सम्म ।’
नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ ४.०० मिलिमिटर चौडाइ भएको चलायमान हुने तथा एनआरबी र १००० अंकित भएको सुरक्षण धागो रहेको जनाइएको छ ।
