बनियानी– झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ३ करोड ४५ लाख ब्याज मिनाहा गरेको छ । संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउनसम्म चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् ३ करोड ४५ लाख मिनाहा गरेको सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए ।
‘यो अवधिमा कुनै पनि ऋणमा हर्जना, जरिमाना लिएका छैनौं,’ उनले भने, ‘ऋणको किस्तासमेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ ।
संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत् सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको जनाइएको छ ।