काठमाडौं– किताब यात्रा प्राइभेट लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) विकेश भट्टराईलाई नियुक्त गरिएको छ । २९ असार गते पदभार सम्हालेका भट्टराईले हाल देशभरका करिब ४५ स्थानबाट ‘क्यास अन डेलिभरी’ गर्दैै आएको किताब यात्राको सेवा देशैभरी बिस्तार गर्ने योजना रहेको बताए ।
देशभरी सेवा बिस्तार गर्न थुप्रै चुनौती रहेको पनि उनको भनाई छ । धेरै जसो पाठकहरुले फेसबुक तथा फोनबाट किताबको अर्डर गर्ने भएकाले भनेको ठाउँमा किताब पुर्याउन कठिन हुने भट्टराईको भनाई छ । पाठकहरुले किताब यात्राको वेबसाईडमै गएर अर्डर गर्दा लोकेसनमा किताब पुर्याउन सहज हुने भन्दै उनले आफ्ना पाठकलाई वेबसाईटमै गएर अर्डर गर्न पनि आग्रह गरेका छन् ।
यस अघि ऋषिराम अधिकारीले किताब यात्राको सीईओको रुपमा काम गर्दै आएका थिए । अधिकारीले उक्त संस्थामा २ वर्ष सीईओका रुपमा काम गरेपछि गत असारमा राजीनामा दिएका थिए ।